नियम २९
परिचालक अनुमतिपत्रको प्रतिलिपि
(१) परिचालकले परिचालक अनुमतिपत्रको प्रतिलिपि आवश्यक परेमा अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो परिचालक अनुमतिपत्र दिने कार्यालयमा अनुसूची–३१ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम परिचालक अनुमतिपत्रको प्रतिलिपि दिन आवश्यक देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही परिचालक अनुमतिपत्रको प्रतिलिपि दिई अनुसूची–२७ बमोजिमको परिचालक अनुमतिपत्र दर्ता किताबमा सो व्यहोरा जनाउनु पर्नेछ ।